Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि



काठमाडौं, २४ असार । साताको कारोबारको अन्तिम दिन आज ० दशमलव ८५ प्रतिशतले नेप्से बढ्दा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता ४३ रुपैयाँले शेयरमुल्य बढेर ४७६ रुपैयाँ अन्तिम मुल्य कायम भएको हो ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर शेयरको प्रतिकित्ता १ हजार ८४ रुपैयाँ शेयरमुल्य बढेर १८ हजार ८२२ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको २७५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्