Logo

वर्षमानको प्रश्न : एमालेका नेताहरुले निवेदन हाल्दैमा माओवादी केन्द्र खारेज हुन्छ ? (भिडिओसहित)



काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनले एमालेको केन्द्रीय कमिटीमा भएका नेताहरुले निवेदन हाल्दैमा माओवादी केन्द्र कसरी खारेज हुन्छ ? भन्दै प्रश्न उठाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्नुलाई मजाकको संज्ञा दिए । उनले भने,‘उहाँहरु त एमालेको नेताहरु होईन र ? यो टिप्पणीको विषय होईन् । यो केटाकेटीपन हो ?’ उनले अहिले आफूहरु शुन्य समयमा रहेको पनि जिकिर गरे । अरुको पार्टीको अवैद्य दाबी गर्नेहरुले आफ्नो पार्टीको वैधानिकता हेर्नुपर्दैन् ? भन्दै उनले प्रश्न गरेका छन् । उनले माओवादी केन्द्रलाई कमजोर पार्ने कोशिस र षड्यन्त्रका साथ पार्टी खारेजीको माग गरिएको दाबी गरे । उनले आफूहरु संवैधानिक व्यवस्था अनुसार महाधिवेशन गर्नतिर लाग्ने पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्