Logo

१५ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ



काठमाडौं, २४ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गगरेको अभियोगमा मोरङ सुन्दरहरैचा नगरपालिका ६ बस्ने २१ वर्षीय दिलिप श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी इटहरीकी ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

श्रेष्ठमाथि जवरजस्ती करणी सम्बन्धि मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot