Logo

उत्तर कोरियाले किन भ्याक्सिन लिन मानेन ?



एजेन्सी, २४ असार । विश्वका अधिकांश देशहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउन तछाडमछाड गरिरहेका छन् । अनुदानमा जति पाइन्छ त्यसबाहेकको भ्याक्सिनका लागि शुल्क तिर्न तयार छन् । तर पनि पाइरहेका छैनन् ।

उत्तर कोरिया त्यस्तो देश हो जसले कोरोना भाइरस लिन मानिरहेको छ । उत्तर कोरियाका मित्रराष्ट्रहरुले भ्याक्सिन लिन आग्रह गरिरहेका छन् । तर, उत्तर कोरिया तयार छैन ।

रुसले उत्तर कोरियालाई फेरि भ्याक्सिन लिन आग्रह गरेको छ । रुस स्पुतनिक भ्याक्सिन दिन तयार छ । तर, उत्तर कोरियाले मानिरहेको छैन । रुसले पटक पटक भ्याक्सिन लिन भनिरहेको छ ।

उत्तर कोरियाले कोरोना भाइरसबाट जोगिन सीमा बन्द गरेको छ । चीनबाट खाद्यान्न, मल र इन्धन आउनुपर्नेमा पर्याप्त आइरहेको छैन । त्यहाँ खाद्यान्न संकट बढ्दै गएको छ ।

दक्षिण कोरियाले पनि उत्तर कोरियालाई भ्याक्सिन उपलब्ध गराउने प्रस्ताव राखेको थियो । तर, उत्तर कोरिया तयार भएन ।

कम्युनिस्ट राष्ट्र उत्तर कोरियाको आन्तरिक कुरा सायदै बाहिर आउँछ । उसले कतिपय देशहरुको सहयोग पनि लिन तयार हुने गरेको छैन । आन्तरिक सुरक्षाको विषयले उत्तर कोरियाले भ्याक्सिन पनि लिन नमानेको हो ।



प्रतिक्रिया दिनुहोस्