Logo

यदी ओली–नेपाल सहमती भएमा…देउवालाई धोका



असार २४, काठमाण्डौ । नेकपा एमालेको नेपाल–खनाल समूहले नेपाली कांग्रेसको नेतृत्वमा बनेको बिपक्षी गठबन्धनलाई अन्ततः धोका दिने पक्का भएको छ । डेढ महिनाअघि अध्यक्ष केपी शर्मा ओलीकै कारण एक्लीएको नेपाल खनाल समूहले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहसँग संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाएरै अघि बढ्ने सहमति गरेको थियो । तर, ओलीसँग सहमति हुने पक्का भएपछि गठबन्धनलाई नेपाल समूहले वेवास्ता गरेको छ ।

पहिलो पटक संसद बिघटन गर्दा र नेकपा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओली बिरुद्ध लागेको नेपाल–खनाल समूह सर्बोच्चको आदेशसँगै नेकपा विघटन भएपछि पार्टीभित्रै ओलीको कोपभाजनमा परेको थियो । प्रतिनिधि सभा दोस्रो पटक विघटनमा परेपछि ओलीलाई जसरी भएपनि हराइ छाड्ने मनस्थितिका साथ नेपाल खनाल समूह विपक्षी गठबन्धनमा सामेल मात्र भएन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्बोच्च अदालतमा समेत उपस्थित भएर हस्ताक्षर गरेको थियो ।

ओलीसँग पदीय भागबण्डामा मिल्न लागेपछि नेपाल–खनाल समूहले अव गठबन्धनलाई धोका दिने निश्चित जस्तै भएको हो । एमाले कार्यदल सदस्य समेत रहेका नेपाल समूहका नेता सुरेन्द्र पाण्डे देउवालाई सधैँका लागि प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको जिकिर गर्छन् । नेता पाण्डेको भनाईलाई मान्ने हो भने एमाले सहमति नजिक छ, भन्न सकिन्छ । सर्बोच्च अदालतको फैसलालाई स्वीकार गर्दै संसद पुर्नस्थापना भएपनि ओलीलाई समर्थन नगरेर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन नसकिने नेता पाण्डे बताउँछन् ।

एमालेको एकताले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने बाटो बन्द हुनेछ । नेपाल खनाल समूहको साथ पाएर बहुमतमा पुगेको विपक्षी गठबन्धन संसदीय अंकगणितमा स्वत अल्पमतमा पर्नेछ । त्यसपछि देउवाको पक्षमा १ सय २३ मात्रै सांसद रहन्छन् । बहुमतका लागि १ सय ३६ सांसदको आवश्यक पर्छ । जुन एक ढिक्का बनेको एमाले र जसपाको महन्थ ठाकुर पक्षको समर्थनले ओलीलाई फेरि बहुमतमा पु¥याउने छ । तर, बिपक्षी गठबन्धन भने ओलीलाई अहिले पनि बहुमत पुर्याउनबाट रोक्ने कसरत गरिरहेको छ ।

ओली र नेपाल खनाल समूहको गाँसिएको सम्बन्धले फेरि एक पटक पुष्टि भएको छ, राजनीतिमा कोही स्थायी शत्रु हुँदैनन् र कसैले कसैको विश्वास पनि गर्न मिल्दैन भन्ने ।



प्रतिक्रिया दिनुहोस्