Logo

असारे भेलसँगै बग्दैछ विकास बजेट



काठमाडौं, असार २५ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा पक्की सडक निर्माणका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते सम्झौता ग¥यो। भ्याटबाहेक ३४ लाख १७ हजार रूपैयाँमा पालिकाले गरेको सम्झौताअनुसार असार २५ गतेसम्म निर्माण सम्पन्न सक्नुपर्नेछ। यो सडक निर्माणमा व्यापक अनियमितता भएको पनि पाइएको छ।

हिलाम्मे माटोमा रड ओछ्याएर ढलान गरिएको छ। हिलोमाथि भइरहेको ढलान रोक्न केही स्थानीयले पालिकाका इन्जिनियर राधेश्याम यादव र प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोको ध्यानाकर्षण गराउँदासमेत वास्ता गरिएको छैन। स्थानीय अगुवा सञ्जय यादवका अनुसार यो पक्की ढलान होइन, सीधै अनियमितता हो । ‘यो विकास नभई सरकारी सम्पत्तिको दुरुष्योग हो’, यादवले भने, ‘हिलाम्मे सडकमा ढलान गर्न कुन प्राविधिकले स्वीकृति दियो रु पालिकामा अनियमितताको यो नमुनामात्र हो। पालिकाका कर्मचारीदेखि पदाधिकारीको मिलेमतोमा निर्माणदेखि कर्मचारी भर्नामा अनियमितता हुँदै आएको छ।’

पालिकामा भएको अनियमितता छानबिनमा नियामक निकायले चासो नदेखाउँदा बेथिति मौलाएको यादवको भनाइ छ । गाउँपालिकाका इन्जिनियर यादवले हिलो नपन्छाई पक्की सडक निर्माण भएको गुनासो स्थानीयबाट आएको बताए । उनले आकाशबाट पानी परिरहेकाले काम रोकिएको र अनियमितता नभएको दाबी गरे। पालिकाका प्रमुख प्रशासकीय अधिकृत महतोले पनि हिलाम्मे सडकमा पक्की ढलान नगरिएको जिकिर गरेका छन् । पालिकाका अधिकारीले अनियमितता नभएको दाबी गरे पनि स्थानीय भने यो मान्न तयार छैनन्। सप्तरीको बोदेबरसाइन नगरपालिका–१ महनौरीमा पनि पक्की सडक निर्माणका लागि नगरपालिकाले जेठ अन्तिममा उपभोक्ता समितिसँग सम्झौता गर्‍यो ।

प्रदेश सरकारको ससर्त अनुदानअन्तर्गत ४० लाख रूपैयाँमा नगरपालिकाले उपभोक्ता समितिमार्फत गराएको यो पक्की सडक निर्माणमा पनि व्यापक अनियमितता भएको पाइएको छ। हिलाम्मे सडकमा लागत अनुमानभन्दा कमसल रड ओछ्याएर ढलान गरिरहँदासमेत नगरपालिकाका प्राविधिक तथा अधिकारी नदेखेझैं गरेर बसेको स्थानीयको गुनासो छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्