Logo

सिवाईसी नेपाल लघुवित्तको आइपिओ बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं, २५ असार । सिवाईसी नेपाल लघुवित्त संस्थाले आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

सिवाईसी नेपालले प्रति कित्ता १०० रुपैयाँको दरले ३ लाख ९५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।
यस लघुवित्त वित्तीय संस्थाले भर्खरैमात्र शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ती गरेको छ ।

प्राप्ति पछि वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्