Logo

युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै



काठमाडौं, २५ असार । युनियन हाइड्रोपावर लिमिटेडको आज साधारण सभा हुँदै छ । कम्पनीले २ आर्थिक वर्षको सभा एकैदिन गर्न लागेको हो । कम्पनीको सभाले दुई वर्षको वार्षिक प्रतिवेदन विवरणमा छलफल र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

यसको साथै सभाले ६ जना संचालकको निर्वाचन पनि गर्ने भएको छ । संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहको तर्फबाट एकजना महिला सहित ३ जना संचालकको निर्वाचन गर्ने भएको छ । सभा प्रयोजनार्थ असार १५ गतेदेखि १० दिन बुक क्लोज गर्ने भएकोले असार १४ गतेसम्म कायम भएका शेयरधनीहरले मात्र सभामा सहभागी हुन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot