Logo

कर्पोरेट डेभलपमेन्ट बैंकको पर्सामा साधारण सभा आज हुँदै



काठमाडौं, २५ असार । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडको आज १३औं साधारण सभा भइरहेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकबाट १३ औं वार्षिक सभा प्रधान कार्यालय वीरगंज, पर्सामा गर्ने निणर्य गरेको हो ।

आज हुने कम्पनीको सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण  गर्ने भएको छ।

साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएका त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गर्नेछ । असार ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot