Logo

डिप्रेशनको औषधी खादै आएकी जेनी कुँवरले गरिन् देहत्याग



काठमाडौं, २५ असार । नेपाली चलचित्रकी अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । १ वर्षदेखि डिप्रेशनको औषधी खादै आएकी जेनी कुँवरले आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार साँझ ९ बजे भुण्डिएर देहत्याग गरेकी थिइन् ।

प्रहरीको अनुसार उनले विगत १ वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दे आएकी थिइन् । अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमान मनबहादुरसँग बस्दै आएकी जेनीले भान्सा कोठामा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । जेनी ६ महिना विपश्यना ध्यान शिविरमा समेत बसेकी थिइन् ।

पछिल्लो समयमा पशुपतिमा धेरै समय बिताउदै आएकी कुँवरले धेरै फिल्ममा अयिन गरेकी छिन् । जेनीले मैदान, जीननदाता, धुम, मिस्टर डन, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू लगायतमा काम गरेकी छिन् । तर, पछिल्लो समयमा भने उनी फिल्म क्षेत्रबाट टाढा थिइन् ।



प्रतिक्रिया दिनुहोस्