Logo

एकै मण्डपमा छोरी र बावु–आमाले गरे विवाह



एजेन्सी, २५ असार । प्रत्येक देशमा विवाहको आ–आफ्नै किसिमको परम्परा छन् । पछिल्लो समयमा कोरोना भाइरसको कारण विवाह गर्ने तरिका परिर्वतन भएको छ ।

भारतको झारखण्डको राँचीमा अनौठो वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । एकै मण्डपमा छोरी, आमा–बुबाले विवाह गरेका छन् । समाचार अनुसार छोरीका आमा बुबा २० वर्ष देखि विवाह नगरी सँगै बस्दै आएका थिए । छोरीको विवाहको दिनमा आमा–बाबु पनि विवाह बन्धनमा बाधिएका हुन् । यो आश्चर्य लाग्दो विवाहको चर्चा संसारभर भैरहेको छ ।

वास्तवमा रांचीको दीनदयाल नगरमा एक क्लबमा नयाँ परम्पराअनुसार २० वर्षदेखि ५१ वर्ष सम्म उमेरका लिव इन टुगेदरमा बस्दै आएका १२० जोडीहरुले एकै मण्डपमा विवाह गरेका हुन् ।

विवाह समारोहमा पिता सुधेश्वर गोपले आमा परमी देवी र उनीहरुकी छोरी कलावती देवीले पति प्रतापसँग अलग–अलग फेरो लिएका हुन् । वैवाहिक कार्यक्रमपछि सुधेश्वरले गरिबीको कारण २० वर्ष देखि विवाह नगरेको बताए ।

विवाह गर्ने सबै जोडीहरु श्रमिक थिए । विवाहमा एक समाजसेवी कार्यकर्ताले खर्च जुटाएकी थिइन् । विवाहको भोज पनि खुवाइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्