Logo

दिलीप कुमारको पत्नी सायराको आँशु पुच्दै शाहरुख



एजेन्सी, २५ असार । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्युले फिल्म उद्योग शोकमा डुबेको छ । दिलीप कुमारलाई अन्तिम विदाई गर्न बलिउडका कलाकारहरु उनको घरमा पुगेका छन् ।

यसैक्रममा चर्चित सुपरस्टार शाहरुख खान पनि दिलीप कुमारको अन्तिम विदाईको दिनमा पुगेका थिए । शाहरुख खान र दिलीप कुमारको बीच एक विशेष खालको नाता थियो र उनले शाहरुख खानलाई छोरा जस्तै मान्दै आएका थिए ।

शाहरुख खानका केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटा तस्वीरमा चिन्तामा डुबेकी दिलीपको पत्नी सायरा बानोको आँसु पुच्दै उनले सान्त्वना दिइरहेको देखिन्छ ।

सायरा बानोले एक साक्षात्कारमा शाहरुख र दिलीप कुमारमा धेरै समानताहरू भएको बताएकी थिइन् । उनले दुबैको धेरै समानता छ भन्दै यदि हाम्रो एक छोरा भएको भए हाम्रो छोरा शाहरुख जस्तै हुने पनि बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्