Logo

बँगलादेशको जुस उद्दोगमा आगलागी हुँदा ५२ को मृत्यु



एजेन्सी, २५ असार । बँगलादेशको जुस उद्दोगमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । बिहिबार साँझ आगलागी सुरु भएको थियो । ढाकास्थित सेजन जुस उद्दोगमा आगलागी भएको थियो ।

५ तल्ले भवनमा आगलागी हुँदा कर्मचारी र कामदारहरु भागेका थिए । घटनामा ५० जना घाइते भएका छन् । आगलागी सबैभन्दा तल्लो तल्लाबाट सुरु भएको र रसायनमा परेर मुस्लोको रुप लिएको थियो ।

घटनामा कतिपय कामदार हराइरहेका छन् । ४४ जना हराएको पुष्टि भएको छ ।

ढाकामा सन् २०१९ मा अपार्टमेन्ट पसलहरुमा आगलागी हुँदा टठ जनाको मृत्यु भएको थियो । ढाकाका अग्ला भवनहरुमा आगलागीको खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम