Logo

२०५२ सालदेखि राजाको फोटो बोकेर हिँड्ने दैलखका जंग बहादुर शाही



काठमाडौं, २५ असार । दैलेखका राष्ट्रभक्त जंग बहादुर शाही विगत २६ वर्षदेखि राजाको तस्विरसहितको प्लेकार्ड बोकेर हिँडिरहेका छन् । शाहीले राजाको फोटोसहित बोकेको प्लेकार्डमा लेखिएको छ–‘राष्ट्र पिता श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव मौसुफको जय जय जय, श्री ५ को जन्म दिवस असार २३ गते नेपाल अधिराज्यभर घर घरमा भव्यताका साथ मनाऔं । वीर सहिद अमर रहुन् । देशद्रोही विदेशी दलाल नाश होउन् । हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ । हाम्रो संस्कार, हाम्रो परम्परा विश्वको संस्कारभन्दा राम्रो छ । राजा फर्काऔं, राजा ल्याऔं । राजा प्रजा एक होऔं । देशमा चौतर्फी विकास गरौं । आफ्नी आमा नेपाललाई विश्वकै राम्री बनाऔं । राष्ट्रभक्त जंग बहादुर शाहीको सल्ला र सुझाव । जय देश, जय नरेश, जय जनता ।’ तस्विर : रुद्र कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्