Logo

बच्चाको उचाइ बढाउन यी खानेकुरामा ध्यान दिनुहोस्



एजेन्सी, २५ असार । लामो उचाइको आफ्नै महत्व हुन्छ । अग्लो केटी र केटा दुवै राम्रा देखिन्छन्। बच्चाहरूले आफ्नो उचाइ बढाउन बाल्यकालदेखि हील जुत्ता लगाउँदछन् । केही बच्चाहरूको उचाइ बढ्दैन, जसको लागि आमा बुबाले औषधि पनि खुवाउछन् तर बच्चाको उचाइ बढाउन औषधि भन्दा आहारको आवश्यकता पर्छ ।

अमेरिकी जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एउटा अनुसन्धानले बच्चाको खाना र उसको उचाइबीच कडा सम्बन्ध रहेको कुरा पत्ता लगाएको छ। स्वास्थ्य पोषणमा प्रकाशित अर्को अनुसन्धानका अनुसार दूध, कुखुरा, गाईवस्तुमा आधारित खाद्य पदार्थको प्रयोग बच्चालाई अग्लो बनाउने उत्तम तरिका हो।

बच्चाको उचाइ नबढ्नुको कारण
बच्चाको उचाइ नबढ्नुको सब भन्दा ठूलो कारण हो बच्चाको आहारमा पोषक तत्वहरूको अभाव । पोषक तत्वको कारण बच्चाको उचाइ बन्द हुन्छ। नियमित अन्तरालहरूमा सन्तुलित आहार बच्चाको लागि धेरै महत्त्वपूर्ण हुन्छ। प्रोटीन, कार्बोहाइड्रेट, खनिज र भिटामिनहरू आवश्यक पोषक तत्वहरू हुन् जुन बच्चाहरूलाई तिनीहरूको आहारमा हुनै पर्छ। ऋाज हामी बच्चाको उचाई बढाउनको आहार कस्तो हुनुपर्छ त्यसको बारेमा चर्चा गर्छौ ।

बच्चाका लागि अण्डा आवश्यक छ
अण्डामा प्रोटीन, क्याल्सियम, भिटामिन बी १२ हुन्छ, जुन बच्चाको स्वास्थ्यको लागि अत्यन्त महत्वपुर्ण हुन्छ। यदि बच्चाले प्रत्येक दिन एक अण्डा खान्छ भने ऊ उचाइ बढ्न थाल्छ।

बच्चाको खानामा मस्यौरा समावेश गर्नुहोस्

सोया प्रोटीन, फाइबर र भिटामिनको स्रोत हो। यदि तपाईं शाकाहारी हुनुहुन्छ भने, तपाईं आफ्नो बच्चालाई मस्यौरा खुवाउन सक्नुहुन्छ।

केरा बच्चाका लागि आवश्यक
केरा त्यस्तै खाना हो जुन तपाईंको बच्चाको लागि धेरै महत्वपूर्ण छ। तपाईं आफ्नो बच्चालाई केरा खुवाउनुहुन्छ, यदि उसलाई केरा खान मनपर्दैन भने केरा केही चीजमा मिलाएर भएपनि खुवाउनुहोस् ।

सुख्खा फलहरू बच्चाका लागि महत्वपुर्ण हुन्छन्
बढ्दो बच्चाको लागि उर्जा र पोषणको लागि सुख्खा फलहरू भन्दा राम्रो खाना अरू हुँदैन् । फलफुलको सेवनले बच्चाहरूको उचाइ बढ्न थाल्छ।



प्रतिक्रिया दिनुहोस्