नेपालमा निको हुने दर घट्दै, कोरोना संक्रमितको संख्या बढ्दै


काठमाडौं, २५ असार । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार २ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ५२ हजार८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ३ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख १६ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा ११ हजार ३१३ परीक्षणमा १४ सय ७९ जना पिसीआर विधिबाट र ७ सय ६० जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।