Logo

पौडेल र सिटौला मिल्दै



काठमाडौं, २५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पछिल्लो समय नजिकिएका छन् । उनीहरुबीच भेटवार्ता बाक्लो हुनथालेको छ । पौडेल पक्षको आजको बैठकमा समेत सिटौलाको सहभागिता भएको छ ।

मण्डिखाटारमा सुजाता कोइरालाले पौडेल र सिटौलालाई डाकेर सहमतिको प्रयास गरेकी थिइन् । यसले पनि काँग्रेसवृत्तमा तरंग आएको थियो । पौडेल र सिटौला मिलेर बढ्ने मौखिक सहमति गरेका थिए ।

पौडेल समूहका नेताहरुलाई एकढिक्का बनाउन अर्जुननरसिंह केसीले वत्तीसपुतलीमा भेला डाकेका छन् । भेलामा सभापतिका आकांक्षी पौडेल समूहका नेताहरु सहभागी थिए । बैठकमा सिटौलाको इन्ट्रीले तरंग ल्याएको छ ।

१३औं महाधिवेशन अघि एउटै समूहमा रहेका पौडेल र सिटौला एक अर्काविरुद्ध सभापतिमा उम्मेदवार बनेका थिए । उनीहरु जुध्दा शेरबहादुर देउवालाई सभापति बन्न सहयोग पुगेको थियो । देउवाले दोस्रो चरणमा पौडेललाई पराजित गरेका थिए ।

यसपटक देउवाको विकल्प खोज्न पौडेल र सिटौला एकजुट हुने प्रयासमा लागेका छन् । तर, पौडेललाई आफ्नै समूह जोगाउन चुनौती बनेको छ । महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसी सभापतिका दाबेदार देखिएका छन् । उनीहरुलाई मिलाएर जाने चुनौतीसँगै पौडेलले सिटौलासँग पावर सेयरिङ गरेर बढ्न खोजेका छन् ।



प्रतिक्रिया दिनुहोस्