Logo

देउवाइतर समूहको बैठकमा को को सहभागी



काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठक चलिरहेको छ । वत्तीसपुतलीमा जारी बैठकमा सभापतिका आकांक्षी नेताहरुसहित सहभागी छन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत सहभागी छन् ।

केसीको पहलमा सभापतिका आकांक्षीलाई मिलाउन बैठक डाकिएको हो । बैठकमा सभापतिका लागि एउटै उम्मेदवार दिने गरी बढाउने सहमतिको प्रयास गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्