Logo

एमाले कार्यदलको बैठक चार घण्टादेखि जारी, आजै सहमतिको मस्यौदा तयार पार्ने पन्तको भनाई



काठमाडौं, २५ असार । नेकपा (एमाले) को कार्यदलको बैठक जारी छ । बैठकस्थलबाट केही बेरको लागि बाहिरिएका माधव नेपाल पक्षधर कार्यदलका सदस्य रघुजी पन्तले आजै सहमतिको खाका तयार पारिने जानकारी दिए । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बैठक जारी छ । पन्तले अहिले सहमति नै भैहाल्यो भनेर भन्न सक्ने अवस्था नभएको जिकिर गरे ।

उनले भने,‘हामी सहमतिको लागि अधिकतम प्रयास गरिरहेका छौं । अहिले आ–आफ्ना सुझाव मस्यौदामा राख्ने क्रम जारी छ । फेरि पनि यो कार्यदल अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालमा निहित छ । कार्यदलको मस्यौदा तयार भएपछि उहाँहरुले हेर्नुहुन्छ । अनि फाईनल सहमति होला ।’ यसअघि अध्यक्ष ओली तर्फका कार्यदलका सदस्य शंकर पोखरेलले पनि सहमति हुने विश्वास दिलाएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्