Logo

श्रीलंकामा राजापाक्षे शासन: राष्ट्रपति, प्रधानमन्त्री देखि मन्त्रीहरु



एजेन्सी, २५ असार । श्रीलंकाको राष्ट्रपति, प्रधानमन्त्रीका अलावा मुख्य पदहरुमा एउटै परिवारको बाहुल्य रहेको छ । राजापाक्षे परिवारले मुख्य पदहरु लिएर श्रीलंकामा राज्य सञ्चालन गर्न थालेको छ ।

श्रीलंकाको राष्ट्रपतिमा गोटावाया राजापाक्षे छन् । उनी पूर्वसेनापति पनि हुन् । उनका दाजु महीन्द्रा राजापाक्षे प्रधानमन्त्री छन् ।

गोटावायाका भाई बसिल राजापाक्षे अर्थमन्त्री बनाइएका छन् । उनले बिहिबार सांसदको सदस्य लिएपछि मन्त्रीमा नियुक्ति पाएका थिए । बसिलसँग अमेरिका र श्रीलंका दुवै देशको नागरिकता छ ।

गोटावाया राजापाक्षेका जेठा दाजु चमल राजापाक्षाले सिंचाई र रक्षामन्त्रालयको जिम्मेवारी पनि पाएका छन् ।

महीन्दा राजापाक्षाका छोरा नमल राजापाक्षे युवा तथा खेलकुदमन्त्री छन् । उनलाई राजापाक्षे परिवारबाट पार्टीको भावी नेतृत्वका लागि तयार गरिदैछ ।

गत वर्ष गोटाबाया र उनका दाजु महीन्दाराजापाक्षेले संसदमा भारी बहुमत जितेका थिए । त्यसले राजापाक्षेको परिवारमा शक्ति आएको थियो ।

राजापाक्षे परिवारका प्रधानमन्त्रीसहित चारजना सरकारमा शक्तिशाली मन्त्रालय सम्हालिरहेका छन् । राजापाक्षे परिवारका सदस्यहरु निरुपमा, ससिन्धर र निपुना पनि संसद सदस्य छन् ।

महीन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति थिए । उनी २०२० मा चुनाव जितेर प्रधानमन्त्री बनेका थिए ।-Photo Credit: AP



प्रतिक्रिया दिनुहोस्