Logo

देउवाइतर पक्षबाट सभापतिमा ‘साझा उम्मेदवार’ सार्ने सहमति



काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । आज वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त सहमति गरेको केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् ।

‘हामीबीच साझा उम्मेदवार अगाडि सार्ने सहमति भएको छ,’ कोइरालाले भनिन् । उनले साझा उम्मेदवार लोकप्रीयता र क्षमताको आधारमा तय गरिने समेत बताइन् । अहिले को उम्मेदवार बन्ने तय नभएको र उचित समयमा छलफल गरी निर्णय लिइने उनको भनाई थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा नरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुगेका थिए । सिटौलाको पछिल्लो समय पौडेलसँग निकटता बढेको छ । उनले पनि सहमतिमा उम्मेदवार बढाउन आफू तयार रहेको बताएको बुझिएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी सहभागी थिए । उनीहरु सबैजना सभापतिका आकांक्षी हुन् ।

पौडेलले एकपटक आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । कोइराला परिवारका तीन सदस्य र प्रकाशमान सिंह पनि मुख्य दाबेदार छन् । पावर सेयरिङ गरेर सहमति निकाल्ने प्रयास चलिरहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot