Logo

मस्यौदा बोकेर शंकर पोखरेल ओलीकहाँ र रघुजी पन्त माधव नेपालकहाँ पुगे



काठमाडौं, २५ असार । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानतर्फउन्मुख भएको छ । कार्यदलको आज बसेको बैठकमा पार्टी एकताको लागि सहमति भएको नेतारुको दाबी छ । एमालेनिकट स्रोतकाअनुसार कार्यदलमा तयार मस्यौदा अहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालकहाँ पुर्याईएको छ ।

दुवै नेतालाई सहमतिमा हस्ताक्षर गर्नुभन्दा अघि दुवै तर्फका कार्यदलका सदस्यहरु शंकर पोखरेल र रघुजी पन्त केपी शर्मा ओली र माधव नेपालकहाँ मस्यौदा बोकेर पुगेका छन् । सुरुमा पोखरेल कार्यदलको बैठकबाट बाहिरिएका थिए । र, पछि पन्त माधव नेपालकहाँ पुगेका हुन् । कार्यदलको बैठक जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot