Logo

५ एआइजीको सरुवा को कहाँ (सुचीसहित)



काठमाडौं, २५ असार । नेपाल प्रहरीमा ५ एआइजीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा सहकुल थापालाई बढुवा गरेसँगै पदस्थापन गरी अन्य एआइजीको पनि सरुवा निर्णय गरेको हो ।

एआइजी सहकुल थापालाई मानवस्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । यो विभाग प्रहरीमा आकर्षक मानिन्छ ।

वरियतामा सबैभन्दा माथि रहेका एआइजी हरि पाललाई कार्य विभागमा पठाइएको छ । निरज शाही अपराध अनुसन्धान विभागमा सरुवा गरिएका छन् ।

महानगरीय प्रहरी कार्यालयमा एआइजी प्रद्युम्न कार्कीको सरुवा भएको छ । विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएका छन् ।

सरुवा गरिएका प्रहरी

हरि पाल, कार्य विभाग
निरज शाही, अपराध अनुसन्धान विभाग
प्रद्युम्न कार्की, महानगरीय प्रहरी कार्यालय
विश्वराज पोखरेल, प्रहरी प्रशिक्षण प्रतिष्ठान
सहकुल थापा, मानव स्रोत तथा प्रशासन



प्रतिक्रिया दिनुहोस्