Logo

एमाले कार्यदलको बैठक सम्पन्न, सहमति भएको प्रदीप ज्ञवालीको दाबी



काठमाडौं, २५ असार । नेकपा (एमाले) कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको टुँगोमा पुगेको दाबी गरे ।

उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलिबैठक पूनः बस्ने र टुँगो लगाउन जनाए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल संयोजक छन् । सदस्यहरुमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

उता, वरिष्ठ नेता माधव नेपालको तर्फबाट संयोजकमा भीम रावल छन् । र, सदस्यहरुमा रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् । कार्यदलको बैठक जारी रहेको समयमा दुवै तर्फका एक एक नेताहरु ओली र नेपाललाई मस्यौदाको खाका देखाउन गएका थिए । ओलीको तर्फबाट शंकर पोखरेल गएका थिए भने नेपालको तर्फबाट पन्त गएका थिए । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्