Logo

अटोदेखि ट्रकमा समेत गाँजा ओसारपसार



मकवानपुर, असार २६ । गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ । यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झन्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद ग(यो ।

गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११ थाना भ(याङमै नियन्त्रणमा लिने प्रयास गरेको थियो । चालकले चलाखीपूर्वक कन्टेनर भुटनदेवी मोडमा पु¥यायो । तर, सोही मोडमा प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेका १२ पोका अर्थात् ९६ किलो ४ सय ग्राम गाँजा र तस्करीमा संलग्न पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लियो ।

यसपटक बरामद गरेको गाँजा र तस्करमा संलग्नबारे अनुसन्धान गर्दागर्दा प्रहरीले भोलिपल्ट अझै ठूलो परिमाणमा उसैगरी ट्रकमा लोडगरी ल्याइएको गाँजा फेला पा¥यो । अघिल्लो दिन ९६ किलो गाँजा बरामद गरेको प्रहरीले भोलिपल्ट बिहीबार १ सय ४३ किलो अर्थात् झन्डै डेढ क्विन्टल गाँजा बरामद ग¥यो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अघिल्लो बिहीबार १ सय ४३ किलो ३ सय ग्राम लागूऔषधसहित तीन जना युवालाई प्रकाउ ग(यो । विशेष सूचनाका आधारमा मनहरीबाट हेटांैडातर्फ आइरहेको ना१ख ९९१० नम्बरको कन्टेनर गाडी हेटौंडा उपमहानगर–११ थाना भ(याङस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा चेकजाँच गर्दा चालक सिटपछाडि फल्स बटम बनाइ लुकाइछिपाइ ल्याएको १२ वटा पोकामा लागूऔषध बरामद गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्