Logo

नाबालक विवेक हत्याको रहस्य खोतल्दै प्रहरी



कैलाली, असार २६ । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर।पूर्वतर्फको घर हत्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका विवेकको हत्या भएको छ।विवेक हत्याको आरोप शकुन्तलामाथि लागेको छ ।

उनीहरूको घर जाने बाटो एउटै छ।दुवै परिवारबीच छिमेकीको मात्रै होइन, पारिवारिक सम्बन्ध पनि छ।शकुन्तला र विवेकका बाजे दुई भाइ हुन्।उनीहरूको परिवारबीच खासै ठूलो झैझगडा पनि छैन, थिएन ।

विवेकका बुबा दिलीपलाई दुई परिवारबीच ठूलै झगडा भएको सम्झना छैन।‘त्यस्तो ठूलै झैझगडा छैन, थिएन’, उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै।त्यस्तो कहिलेकाहीं हुन्थ्यो ।’

दिलीपले आफ्नै घरमा सानो पसल चलाएका छन्।शकुन्तला र उनकी दिदी कहिलेकाहीं पसलमा आउँथे।दिदीले एकदिन दिलीपको पसलबाट पैसा चोरिन्।त्यो दिन दिलीपले शकुन्तलाकी दिदीलाई पिटेका थिए।‘धेरै ठूलो कुटपिट हैन कि, किन बदमासी गरेको भनेर १÷२ झापड हानेको थिएँ’, उनले भने, ‘सम्झाउने ढंगले पिटेको हुँ ।’

करिब १५ दिनअघि पनि दिलीपले शकुन्तलाकी दिदीलाई पिटेका थिए।विवेकलाई किन रुवाएको भन्दै काका ९दिलीप० ले दिदीलाई पिटेको बयान शकुन्तलाले प्रहरीलाई दिएकी छन्।उनले अनाहकमा दिदी पिटिँदा आफू दुःखी भएको बताएको जानकारी प्रहरीले दिएको छ ।

शकुन्तलाको परिवारले सात वर्षअघि एउटा घटना भोग्नुपरेको थियो।स्रोतका अनुसार उनकी दिदी आफन्तबाटै यौनहिंसामा परेकी थिइन्।यौनहिंसा गर्ने व्यक्ति अहिले जेलमा छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्