Logo

कोपा अमेरिकाः पेरुलाई ३–२ ले हराउँदै कोलम्बिया तेस्रो स्थानमा



काठमाडौं, असार २६ । कोपा अमेरिका फुटबल अन्तर्गत कोलम्बियाले पेरुमाथि जित निकाल्दै तेस्रो स्थानमा हुन सफल भएको छ ।

पेरुलाई ३(२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो। खेलको ४५ औं मिनेटमा योसिमर योटूनले गोल गर्दै पेरुले खेलमा अग्रता दिलाएको थियो ।

खेलको ४९ औं मिनेटमा कोलम्बियाका लागि जुआन कुआड्राडोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै लुइस डियाजले ६६ औं मिनेटमा गोल थप्दै खेलमा अग्रता पनि दिलाए। उता पेरुका लागि जिआनलुका लपाडुलाले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

लुइस डियाजले खेल सकिन लाग्दा तेस्रो गोल गर्दै जित पक्का गरे र कोलम्बिया जारी सिजनको कोपा अमेरिकाको तेस्रो बन्न पुग्यो । फाइनल खेलमा आईतबार बिहान अर्जेन्टिना र ब्राजिलले प्रतिस्पर्धा गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्