Logo

हामी शेरबहादुर देउवालाई हराउनैपर्छ भनेर लागेका छैनौं : अर्जुननरसिंह केसी (भिडिओसहित)



काठमाडौं, २६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफूहरुले पार्टीभित्र समग्र रुपमा एकता चाहेको स्पष्ट पारेका छन् । आगामी १४औं महाधिवेशनलाई निश्पक्ष र पारदर्शी बनाउनको लागि सबै गम्भीर बन्नुपर्ने भनेर छलफल गरेको पनि केसीको भनाई छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट जो भएपनि एक जनालाई साझा उम्मेद्धवार बनाउनेबारे छलफल भएको पनि उनले सुनाए । उनले आफूपनि सभापतिको आकांक्षी भएको सुनाए । उनले आफुहरु समग्र रुपमा शेरबहादुर देउवालाई हराउनैपर्छ भनेर नलागेको पनि जिकिर गरे ।

उनले भने,‘पार्टीभित्र अहिलेका चूनौतिलाई सामना गर्नको लागि एकताको विभिन्न मोडालिटी खोजौं । अहिले जनता यो जान्न चाहँदैनन् । उपयुक्त समयमा भन्छौं ।’ उनले राजनीति आँफैमा शक्ति बाँडफाँडको खेल भएकोले आफूहरुले यसलाई पनि सन्तुलित रुपमा लैजाने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्