Logo

जुम्लामा ‘फाइबर टु द होम’ इन्टरनेट सेवा सञ्चालन



खलङ्गा,२६ असार: जुम्लामा फाइबर टु द होम इन्टरनेट सेवा सञ्चालनमा आएको छ । अनलाइन सेवा प्रवाहलाई छिटोछरितो गर्न तथा उपभोक्ताको राहतका लागि निजी लगानीमा सिम्पल इन्टेलिजेन्ट सिस्टम टेक्नोलोजी प्रालिले सो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

फाइबर टु द होम इन्टरनेट सेवा जिल्लामा केही समय अघिदेखि सञ्चालनमा भएपनि शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सो इन्टरनेट सेवाको उद्घाटन गरेका हुन् । सानो लगानीबाट व्यवसायमा प्रवेश गरेर सङ्घर्ष गर्दै आएका हिमा गाउँपालिका–१ का हर्ष शाही तथा प्रतिभा शाहीले समयको मागअनुसार प्रविधिको विकासमा उल्लेखीय भूमिका खेल्दै आएका छन् । त्यहाँका नागरिकलाई इन्टरनेटको पहुँचमा ल्याउन फाइबर टु द होम इन्टरनेट उल्लेखीय भूमिका खेल्ने छ । सेवामा गुणस्तरियता र विश्वसनियतामा ध्यान पु¥याउन आवश्यक रहेको विभागका महानिर्देशक हमालले बताए ।

नेपाल टेलिकम तथा सिम्पललगायत अन्य निजी इन्टरनेट सेवाले गाउँगाउँमा इन्टरनेटको पहुँच पु¥याउएर चालु आवभित्रै देशका सबै स्थानीय तहलाई इन्टरनेटको पहुँचमा पु¥याउने सरकारको लक्ष्य पूरा गर्ने सहयोग मिल्ने विभागका महानिर्देशक गोगन हमालले बताए। सेवाग्राहीको गुनासो आउने गरी नभई चुस्तरुपमा इन्टरनेट सेवा दिनु आजको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।

फाइबर टु द होम इन्टरनेट सेवाको लाइन हालसम्म जिल्लाका सय जना सेवाग्राहीलाई वितरण गरिएको छ । प्रालिकी अध्यक्ष प्रतिभा शाहीले भने,“उपभोक्ताको मागअनुसार सेवाप्रवाह गर्नेमा प्रतिवद्ध छौ ।” सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहँंगै साविक कर्णालीका चार जिल्लामा समेत प्रभावकारी इन्टरनेट सेवा दिँदै आएको छ । नेपाल टेलिकमभन्दा सिम्पलको इन्टरनेट सेवा फाष्ट हुने अध्यक्ष शाहीले बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्