Logo

एमाले कार्यदलको निर्णायक बैठकका लागि नेताहरु सिंहदरबार पुगे



काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा सुरु बैठकले आज सहमति गर्ने बताईएको छ । यसअघि बसेका बैठकमा सहमतिको मस्यौदा तयार पार्ने काम गरेको थियो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतिमै कार्यदलले काम गरेको हो ।

तर, नेपाल पक्षले भने कुनैपनि हालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दिएको रिटको लागि गरिएको हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । एमालेनिकट उच्च स्रोतकाअनुसार आजको कार्यदलको बैठकमा पाँच बुँदे सहमति हुनेछ । जसमा पार्टीलाई निशर्त रुपमा २०७५ जेठ २ गतेको संरचनामा फर्काउने, नेपाल पक्षले गरेको हस्ताक्षर फिर्ताबारे केही पनि उल्लेख नगर्ने लगायत रहनेछन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्