Logo

माधव नेपाल भेटेलगत्तै प्रचण्ड देउवा निवास पुगे, एक घण्टा भेटवार्ता



काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्नुअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । एमालेमा सहमति हुने चर्चा चलिरहेको र कार्यदलको बैठक बस्न लागेको बेलामा दाहालले नेपाललाई भेटेका थिए ।

नेपालसँगको भेटवार्तालगत्तै दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । स्रोतका अनु्सार दाहालले नेता नेपालसँगको भेटवार्ताबारे देउवालाई ब्रिफिङ गरेका छन् । पछिल्लो समय विपक्षी गठबन्धनको बैठक बस्न सकेको छैन् । एमाले नेता माधव नेपाल पार्टी एकताको लागि गम्भीर भएर लागेकोले गठबन्धनको बैठक बस्न नसकेको हो । file photo



प्रतिक्रिया दिनुहोस्