काठमाडौं, २६ असार । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार १ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १४ सय ३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख १८ हजार ३ सय ६१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणमा २१ सय ६९ संक्रमण पुष्टि भएको हो ।-File photo




प्रतिक्रिया