Logo

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिका



काठमाडौं, असार २७ । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भर्खरै सम्पन्न खेलमाल अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाले २२ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

खेलको २२ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका थिए । सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पटक फाइनल खेलेको थियो तर, जित हाँसिल गर्न सकेको थिएन । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसपटक उपाधि जितेसंगै अर्जैन्टिनाले सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको किर्तीमान बराबरीमा पुगेको छ ।

२००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७ मा ३–० ले पराजित भएको थियो। ११ वर्षपछि ब्राजिल विरुद्ध अर्जेन्टिनालाई बदलाको अवसर मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्