Logo

संस्थापक स्वामित्व घटाउदै गुराँस लाइफ इन्स्योरेन्स



काठमाडौं, २७ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट शेयर स्वामित्व ६० प्रतिशतमा झार्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले हाल भएको ७० प्रतिशतबाट ६० प्रतिशतमा घटाउन लागेको हो ।

कम्पनीको सभाले ५१ प्रतिशत संस्थापक तर्फ र ४९ प्रतिशत सर्वसाधारणलाई कायम गर्ने निर्णय भएकोमा ६० प्रतिशत संस्थापक तर्फ र ४० प्रतिशत सर्वसाधारण तर्फ कायम भएको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार संस्थापक तर्फ कम हुने १० प्रतिशत शेयर भने सर्वसाधारणमा परिणत गर्ने भएको छ । १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ हाल कम्पनीको चुक्तपुजी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्