Logo

ओली-नेपाल सहमतिको सम्भावना कमजोर, दुवैको आफ्नै दाउ



काठमाडौं, २७ असार । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो ।

अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना गर्नुपर्ने विषय उल्लेख थिए ।

विश्वस्त स्रोतका अनुसार नेपालको कतिपय मागप्रति ओली असन्तुष्ट भएका छन् । उनी दोस्रो अध्यक्ष दिन तयार देखिएका छैनन् ।

एमालेभित्रको एकता कायम गर्न गठित कार्यदलले सहमतिको प्रयास जारी राखेको छ । हिजो उत्साही देखिएको कार्यदलको टोली आज विहान निराश भएका छन् ।
यसैगरी, नेता नेपाल विरामी भई घरमा आराम गरिरहेका छन् । उनले कम भेटघाट गरी आराम गरेका छन् ।

ओली २३ सांसदको शेरबहादुर देउवालाई समर्थनको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गराउन लागेका छन् । उनले माधव पक्षको प्रस्ताव फिर्ता गराएर २८ असारमा हुनलागेको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा हुने सुनुवाईलाई प्रभावित पार्न खोेजेको विश्लेषणहरु भइरहेका छन् । २३ सांसदका कारण नेपाल पनि अहिले राजनीतिको निर्णायक शक्ति बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot