Logo

विश्वभर १ करोड १९ लाख कारोना संक्रमित उपचाररत



काठमाडौं, २७ असार । विश्व हाल कोरोना भाइरसले आक्रान्त पारेको बेला नेपाल पनि अछुतो छैन् । नेपालमा हालसम्म ६ लाख ५४ हजार बढी संक्रमित भएका छन् भने ६ संक्रमित मध्ये ६ लाख १८ हजार जना संक्रमणमुक्त भइसकेको छन् ।

वल्डोमिटरको अनुसार बिश्वभर १८ करोड ७२ लाख ७९ हजार ३३८ जना कोरोना संक्रमितको संख्या रहेको छ । संक्रमित मध्ये १७ करोड १२ लाख ५४ हजार ३६३ जना निको भएका छन् । यो ९१.४ प्रतिशतदर हो ।

त्यस्तै, विश्वभर ६.५ प्रतिशत अर्थात १ करोड १९ लाख ८१ हजार ७५५ जना कोरोना संक्रमित हाल उपचाररत छन् । विश्वको २.२ प्रतिशत अर्थात ४० लाख ४३ हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा २१ सय ६९ जना कोरोना सक्रमित थपिएका हुन् । २२ जनाको हिजो मृत्यु भएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेदर ९४.५२ प्रतिशत रहेको छ । त्यस्तै, ४.५ प्रतिशत संक्रिय संक्रमितको दर रहको छ । यसैगरी, नेपालमा १.४३ प्रतिशत मृत्युदर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्