Logo

नेपालमा कोरोनाबाट धेरै मृत्यु हुने यी उमेरसमुह



काठमाडौं, २७ असार । कोरोना भाइरस दोस्रो भेरियन्टको चपेटामा परी संसारभर ४० लाख ४३ हजार जनाको मृत्यु भएको छ । त्यस्तै, १८ करोड धेरै संक्रमितको संख्या रहेको छ ।  नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या हालसम्म ६ लाख ५४ हजार बढी पुगेको छ भने संक्रमित मध्ये ६ लाख १८ हजार जना संक्रमण निको भएका छन् ।

कोरोनाबाट हालसम्म नेपालमा ९ हजार ३ सय ६२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो भेरियन्टले युवा वर्गमा प्रभाव पारेपनि मृत्यु हुनेमा सबैभन्दा धेरै ६० वर्ष माथिको उमेर सुमहको रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार ६० र ६० वर्ष माथि उमेरसमहुका ५ हजार १८ जना संक्रमितको हालसम्म मृत्यु भएको छ । त्यस्तै, ५० देखि ५९ उमेर समुहको १८ सय ४१ जनाको कोरोना संक्रमणबाट नेपालमा मृत्यु भएको छ ।

यसैगरी, १३ सय ५८ जना ४० देखि ४९ वर्ष उमेरसमुहका कोरोना संक्रमितको नेपालमा निधन भएको छ । त्यस्तै, ३० देखि ३९ वर्ष उमेर समुहका ७७४ जना संक्रमितको अहिलेसम्म मृत्यु भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार २० देखि २९ उमेर समुहको २७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । ४८ जना १० देखि १९ कोरोना संक्रमितको मृत्यु भएको छ भने ९ वर्ष मुनि उमेर समुहको ४१ जनाको हालसम्म मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


 



प्रतिक्रिया दिनुहोस्