Logo

एनआरएनए जापानमा खनालको उम्मेदवारी



काठमाडौं, २७ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि कोषाध्यक्ष पदमा कृष्ण प्रसाद खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

१ दशक भन्दा बढीदेखि जापानमा बसोबास गर्दै आएका खनालले सन् २०२१–०२३ का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । खनालले एनआरएनए जापानको आर्थिक हिसाव चुस्त/दुरुस्त राखी व्यवहारिक पारदर्शिताको महशुस गराई आर्थिक अनुगमन कमिटि बनाइ सुझाब, सल्लाह लिएर अगाडी बढ्ने बताए ।

धादिङ समाज जापानको दुई कार्यकाल अध्यक्ष भई काम गरेका उनले खर्चको हिसाव देखाउने मात्र नभई संस्थाको कोष अभिवृद्धि गर्ने रचनात्मक कामहरु सम्बन्धि सान्दर्भिक कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिए ।

खनालले एनआरएनए जापानको आर्थिक हिसाब कितावको मासिक विवरण इमेल तथा संस्थाको होमपेज मार्फत सरोकारवालाहरु समक्ष हरेक महिना सार्वजनिक गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसको साथै खनालको पूर्व कार्यसमितिले थालनी गरेको आपतकालिन् कोषको निरन्तरता साथै यसको संचालन तथा व्यवस्थापनको स्पष्ट निति बनाउँदै जापानवासी नेपालीहरुमा भईपरि आउने समस्या तथा नेपालका विभिन्न आवश्यकताहरुमा उपयोग गराउने समेत बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्