Logo

नेप्सेमा हरियालीः आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, २७ असार । साताको कारोबारको पहिलो दिन आज नेप्से सुचक ७१ अंकले उकालो लाग्दा शेयर बजारमा हरियाली छाएको छ ।

सबैभन्दा धेरै आज एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ९ सय ६४ रुपैयाँ शेयरमुल्य कायम भई ३९ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नविल बैंकको प्रतिकित्ता १३ सय ४५ रुपैयाँ शेयरमुल्य कायम भई २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, नेपाल बैंकको आज प्रतिकित्ता ४५० रुपैयाँ शेयरमुल्य कायम भई २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज निफ्राको १८ करोड ७८ लाख, मञ्जुश्री फाइनान्स कम्पनीको १७ करोड ७६ लाख, हिमालयन डिस्टीलरीको १७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्