Logo

आज यी कम्पनीको शेयरमा उच्च बृद्धि



काठमाडौं, २७ असार । नेप्से परिसुचक २ दशमलव ६४ प्रतिशतले बढ्दा ८ अर्ब बढीको कारोबार भएको छ । नेप्सेमा आज धेरै कम्पनीका शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

गोर्खाज फाइनान्स कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतले शेयरमुल्यमा बृद्धि भएको छ । प्रतिकित्ता अन्तिम शेयरमुल्य ४५१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको छ । प्रतिकित्ता ११ सय ३३ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी, आइसीएफसी फाइनान्स कम्पनीको आज प्रतिकित्ता ५८३ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, साइन रेसुङ्गा बैंक, मल्टीपर्पोज फाइनान्स कम्पनी, समृद्धी फाइनान्स कम्पनी, महालक्ष्मी बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज गुडवील फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, कर्णाली डुभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स लगायत अन्य कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्