Logo

आइतबार कोरोनाबाट २० संक्रमितको मृत्यु



काठमाडौं, २७ असार। पछिल्लो २४ घन्टामा  कोरोना संक्रमणबाट  थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ४ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ३१ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार २ सय ८० पुगेको छ । आज १ हजार ५ सय ५३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख २० हजार ४ सय २७ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot