Logo

पर्यटन मन्त्रालयले भन्यो : नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना एवम् कार्यक्रम छैन् (विज्ञप्तीसहित)



काठमाडौं, २७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । आज मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरुबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकार्षण भउको छ । यस सम्बन्धमा नेपाल वायु्सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवम् कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाको सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।’

पछिल्लो समय निगमलाई निजीकरण गर्न लागिएको र सोहीअनुसार प्रस्ताव अघि बढाईएका समाचार आएका थिए । यसप्रति मन्त्रालयले आफ्नो असहमति जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot