Logo

कार्यदलको बैठकबाट विष्णु पौडेल निस्किए, बोल्न मानेनन्



काठमाडौं, २७ असार । नेकपा एमालेको एकता कायम राख्न गठिन कार्यदलको बैठकबाट उपमहासचिव विष्णु पौडेल निस्किएका छन् । तर, उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन मानेनन् ।

पौडेललाई पत्रकारहरुले आजै सहमतिमा हस्ताक्षर हुन्छ भनी सोध्दा उनी बोल्न मानेनन् । पौडेल अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति बनाउन निकै खटिदै आएका छन् । तर, सहमति बनाउन सकिरहेका छैनन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्