Logo

प्रधानमन्त्रीका सल्लाहकारले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्न खोजेः नेता नेपाल



काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आईतबार राती सम्पन्न एकतालाई प्रधानमन्त्रीका सल्लाहकारले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने व्याख्याको रुपमा विश्लेषण गरेको बताएका छन् ।

कार्यदल स्तरमा भएको सहमतिलाई प्रधानमन्त्रीका सल्लाहकारले सहमति विपरित व्याख्या गरेको नेता नेपालको भनाई रहेको छ ।

समाजिक सञ्जालमार्फत नेता नेपाललले आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित रहेको जनाएका हुन् ।

समाजिक सञ्जालमार्फत नै नेता नेपालले यो व्याख्या गलत र अस्वीकार्य रहेको बताएका छन् । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा उनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्