Logo

एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, असार २८ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आइतबार स्थगित स्थायी कमिटी बैठक आज अपराह्न ५ बजे बस्ने भएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलले आइतबार राति गरेको १० बुँदे सहमतिका विषयमा छलफल गर्ने बताइएको छ ।

बैठकमा नेता नेपालपक्षका नेताहरु सहभागी हुने सम्भावना रहेको बुझिएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले ब्युँइताइदिएपछि एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता नेपाल पक्ष सहभागी हुने गरेको थिएन ।



प्रतिक्रिया दिनुहोस्