Logo

प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आज



काठमाडौं, असार २८ । दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आजका लागि तोकिएको छ ।

गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजका लागि तोकिएको हो । आजै विघटन विवादमा आदेश सुनाउने तयारीमा न्यायाधीशहरु जुटेको बताइएको छ ।

विघटन मुद्दाका मुद्धा असार ९ गतेदेखि निरन्तर ३२ घण्टाभन्दा बढी समय संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।

सम्भवतः आजै फैसला आउन सक्नेछ वा नभ्याए सर्वोच्चले अर्को दिन पेसी तोकेर फैसला गर्ने सक्नेछ



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम