Logo

मनकामना स्मार्टको १२ बजेपछि यी साइटबाट आइपीओ नतिजा हेर्न सकिने



काठमाडौं, २८ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भइसकेको छ । १२ बजे पछि मात्रै नतिजा हेर्न मिल्ने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

मनकामना स्मार्ट लघुवित्तको वेबसाइट https://www.manakamanalbs.com, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://nmbcl.com.np/shareallotment, https://result.nmbcl.com.np सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

संस्थाले असार १७ गतेदेखि निष्काशन गरेको आइपीओ आज बाँडफाँट गरेको छ । बिक्रि प्रबन्धक एनएबि क्यापिटलको नक्सालको कार्यालयबाट १९ लाख ५१ हजार योग्य आवेदकबाट गोलाप्रथा गरी बाँडफाँट गर्दा न्युनतम १० कित्ताको दरले ३६ हजार ३४९ जनालाई शेयर परेको हो । बाँकी रहेको २ कित्ता २० कित्ता भन्दा बढी काग गर्ने आवेदकहरुले हात पारेको क्यापिटलले जनाएको छ ।

कम्पनीले ३ करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० अङ्कित दरका ३ लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले संस्थालाई असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्