Logo

१० बुँदे सहमतिबारे रामकुमारी झाँक्रीको टिप्पणी : भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौं



काठमाडौं, २८ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले हिजो कार्यदलले गरेको १० बुँदे सहमतिलाई स्वागत गर्न हतार नगर्न नेताहरुलाई सुझाएका छिन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेकी छिन् । उक्त सहमतिबारे आफ्नो टिमको केन्द्रीय कमिटीको बैठक बसेर संस्थागत धारणा आउने पनि झाँक्रीले जनाएकी छिन् ।

उनले ट्विटरमार्फत यस्तो लेखेकी छिन्:

१) हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।
२) स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न।
३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
४) भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस्