Logo

आँचल भन्छिन्ः आमा बन्न अझै केही वर्ष लाग्छ



काठमाडौं, २८ असार । नेपाली चलचित्रकी चर्चित नायिका हुन् आँचल शर्मा । आँचलले अघिल्लो वर्ष डा.उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् ।

नायिकाहरु प्रियंका कार्की, ऋचा शर्मा आमा बन्न लागेसँगै आँचल शर्मालाई पनि बच्चा जन्माउने बारेमा प्रश्न तेर्सिन थालेको छ । यसै विषयमा आँचलले सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिबार लामो स्टोरी लेखेकी छिन् । उनले बच्चा जन्माउने राम्रो खबर सुन्नकै लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्ने बताएकी छिन् ।

आँचलले लेखेकी छिन्, म आफ्ना शुभचिन्तकहरुलाई के स्पष्ट पार्न चाहन्छु कि केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्