Logo

अदालतको फैसलाको विरुद्धमा माईतीघरमा जम्मा हुन महेश बस्नेतको अपिल



काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सर्वोच्च अदालतको आजको फैसलाविरुद्ध विरोध जनाउनको लागि माईतीघर मण्डलामा भेला हुन आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता बस्नेतले यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्,‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाक बिरुद्ध बिरोध जनाउ।’

उनले थप लेखेका छन्–‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ। युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।”



प्रतिक्रिया दिनुहोस्